images
images

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्ने

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्ने

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्ने
    images
    images

    पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एच डि १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नै भएको छ । 

    यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमका ग्राहकहरूले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरूले पनि एक्सन स्पोर्टस् एच.डि.१ मा प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।

    माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिवल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिएकाछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

    महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।

    सन् २०२० मा टाईगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका मा यस संस्करणमा विजेताले ५ लाख ८५ हजार ५५५, रुपैयाँ उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १० हजार ५५५ रुपैयाँ पुरस्कार ।राशी प्रदान गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार