images
Logo
images
images
images

नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई जस्मिन पेन्ट्सको सम्मान

नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई जस्मिन पेन्ट्सको सम्मान

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई जस्मिन पेन्ट्सको सम्मान

    काठमाडौँ / गत असोज १२ गते नख्खु खोलामा आएको बाढीमा परि बगेका दुई जनाको सकुशल ज्यान बचाउने काभ्रे, तेमालका ३३ वर्षीय चणिकलाल तामाङलाई जस्मिन पेन्ट्स प्रा.लि.ले सम्मान गरेको छ । 

    images
    images
    images
    images

    हालै एक कार्यक्रम आयोजना गरी जस्मिन पेन्ट्सले तामाङलाई नगदसहित सम्मान गरेको हो । 

    तामाङले गरेक यस साहसिक पूर्ण कदमका लागि सम्मान गर्न पाउँदा खुसी लागेको जस्मिन पेन्ट्स प्रा.लि.का कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बताए ।

    तामाङ एक रङकर्मी भएको नाताले पेन्टस् कम्पनीका लागि गर्वको कुरा रहेको उनले जनाए । ललितपुरमा बस्दै आएका तामाङ रंगरोगनको काम गर्दै आएका छन् । 

    चणिकलालले केही दिनअघि नख्खु खोलामा आएको बाढीमा बगेका ६ वर्षीया बालिका मेघना साह र काका राज साहको उद्धार गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार