images
images

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतिहरूलाई सम्बोधन गर्न क्लाइमेट फ्युचर्स नामक कार्यक्रम सुरु

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतिहरूलाई सम्बोधन गर्न क्लाइमेट फ्युचर्स नामक कार्यक्रम सुरु

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • जलवायु परिवर्तनबाट उत्पन्न चुनौतिहरूलाई सम्बोधन गर्न क्लाइमेट फ्युचर्स नामक कार्यक्रम सुरु

     काठमाडौँ / ब्रिटिश काउन्सिलले नेपालको रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई बढावा दिने उद्देश्यले नयाँ पहलका लागि आवेदनहरू खुला गरेको छ ।

    images
    images
    images
    images

    द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमले कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजना र अभ्यासहरू मार्फत जलवायु आपतकाललाई सम्बोधन गर्न अनुदानको अवसरहरू प्रदान गर्नेछ । 

    द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको हो । जसअनुसार कलाकार र सांस्कृतिक संस्थाहरूलाई युके पाउण्ड  १५,००० (लगभग २६,२५,००० रुपैयाँ ) को अनुदान उपलब्ध गराइन्छ ।

    अनुदान कार्यक्रमले विभिन्न परियोजनाहरूको लागि सहयोग प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । कार्यक्रमले सांस्कृतिक क्षेत्रमा ज्ञान अभिवृद्धि र दिगोपनमा योगदान गर्ने कलाकारहरूद्वारा नेतृत्व गरिएका पहलहरूलाई बढावा दिने, क्षमता निर्माण अभिवृद्धि गर्ने उद्देश्यका पहलहरू समावेश गर्दै संगठनको लागि दिगोपन योजना वा कार्यविधि बनाउने र कार्यान्वयन गर्ने र कला क्षेत्र भित्र जलवायु परिवर्तन जागरूकता र दिगो दृष्टिकोण अभिवृद्धि गर्न पूर्वाधार अनुकूलन गर्ने लक्ष्य लिएको हो ।

    यसका लागि २५ नोभेम्बर २०२४ सम्म आवेदन दिन सकिन्छ । सफल आवेदकहरूले आफ्ना परियोजनाहरूमार्फत विश्वव्यापी जलवायु संवादमा महत्त्वपूर्ण प्रभाव पार्ने अवसर पाउनेछन् साथै युकेका प्रमुख विशेषज्ञहरूद्वारा परियोजनाभरि प्राप्त मार्गदर्शनबाट लाभान्वित हुने दावी गरिएको छ । 

    सम्भावित आवेदकहरूलाई सहयोग गर्न, ब्रिटिश काउन्सिलले अक्टोबरमा सूचना सत्रहरूको एक श्रृंखला आयोजना गर्नेछ ।

    यी सत्रहरूले आवेदन प्रक्रिया सम्बन्धी आवश्यक जानकारी प्रदान गर्नेछ र आवेदकहरूलाई कोष अनुमोदनको लागि उनीहरूको सम्भावनालाई अधिकतम बनाउन सहयोग गर्दछ । सत्रहरू ८ र २२ अक्टोबर २०२४ को लागि निर्धारित छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार