images
images

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

सोमवार, असोज २८ २०८१
सोमवार, असोज २८ २०८१
  • मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

    मुग्लिन (चितवन) / मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।

    images
    images
    images
    images

    मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । 

    यसअघि  विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  वि.सं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । 

    केबलकारको  प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छाकामना गाउँपालिका ४ चेरेसमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार