काठमाडौं/ होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होण्डा ल्ह्द्दण्ण् को विशेष मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिंग अनुभूति प्रदान गरेको सहभागी मिडियाकर्मी राइडरहरुले बताएका थिए ।
“फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल “भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गियो ।
यो सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई ल्ह्द्दण्ण् को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ ।
ल्ह्द्दण्ण् मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए ।
बाइकको “एडभेन्चर–क्रसओभर स्टाइलिङ“ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ ।
बाइकमा रहेको यु.एस.डी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले ल्ह् द्दण्ण् बाईकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए.बि.एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ ।
२०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।
कार्यक्रममा विभिन्न गेमहरु सहित प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।