images
images

लेबनानमा इजरायली आक्रमण तीव्र , हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

लेबनानमा इजरायली आक्रमण तीव्र , हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • लेबनानमा इजरायली आक्रमण तीव्र , हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

    इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । 

    images
    images
    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो । 

    प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो  ।

    “हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राख्नेछौँ“, हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने । 

    हिजबुल्लाहले मङ्गलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ । 

    इजरायलले गत महिना सीमापार भूमि सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा कम्तिमा एक हजार ३१५ जनाको मृत्यु भएको छ ।

    लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले रिपोर्ट गरेअनुसार इजरायलले मङ्गलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो ।

    रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई ‘चिन्ताजनक’ विषय रहेको बताए । 

    इजरायली आक्रमणले हिजबुल्लाहको गढ साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको छ, जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ जहाँ सोमबार कम्तिमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    दक्षिणी सीमावर्ती सहर मर्जायुनका नागरिक सुरक्षा प्रमुख अनिस अबलाले उद्धारकर्ताहरू ‘थकित’ भएको बताए । 

    “निरन्तर आक्रमणले हाम्रा उद्धार अभियानहरू झन् झन् कठिन हुँदै गइरहेका छन्”, उनले भने । 

    लेबनानको स्वास्थ्य मन्त्रालयले गत हप्ता मध्य बेरुतमा भएको इजरायली आक्रमणमा कम्तीमा २२  जनाको ज्यान गएको जानकारी दिएको छ ।

    आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको गत हप्ताको प्रमाणित तथ्याङ्कअनुसार लेबनानको युद्धले कम्तीमा छ लाख ९० हजार मानिस विस्थापित भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार