images
images

समुद्रमा ६६ दिन बिताउनुपर्दा...

समुद्रमा ६६ दिन बिताउनुपर्दा...

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • समुद्रमा ६६ दिन बिताउनुपर्दा...

    समुद्री डुङ्गामा ६६ दिनसम्म हराएका रूसी युवकले आफ्ना पीडाका ती क्षणहरूलाई अहिले अस्पतालको शय्याबाट कारुणिक रूपमा प्रकट गर्दा उपस्थित सञ्चारकर्मीसमेत भावुक बनेका छन् । 

    images
    images
    images
    images

    बुधबार ४६ वर्षीय मिखाइल पिचुगिनलाई आफ्नो भाइ र १५ वर्षीय भतिजासँग डुङ्गामा निस्केको दुई महिनाभन्दा बढी समयपछि सुदूर पूर्वी कामचटका प्रायद्वीपको तटबाट सोमबार माछा मार्ने डुङ्गाले उद्धार गरेको थियो ।

    मगदान शहरको एक अस्पतालमा लगिएको शय्यामा सुतेर नै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका हुन् । लामो समय समुदूमा बस्दा स्वास्थ्य अवस्था खराब भएपछि राता राता आँखाको हेराइबाट उनको पीडा झल्किन्थ्यो तर पनि उनी आफूलाई कमजोर नदेखाउन प्रयास गरिरहेका थिए । 

    उनले भने, “परमेश्वरको मद्दत पाएर, अरू कसरी ? एन्जल भनिने डुङ्गाको चालक दलले मलाई दख्यो र उनीहरूले नै मलाई बचाए । उनीहरू मेरा लागि परमेश्वरले पठाएका दूत थिए ।”

    “मैले पिउनका लागि वर्षाको पानी जम्मा गरेँ र तीर्खा मेटाएँ,” उनले भने। पिचुगिनले ऊँटको केशले भरिएको स्लिपिङ ब्यागले पनि आफू बाँच्न मद्दत गरेको बताए । 

    “भिजे पनि यसले मलाई समूद्रको चीसोमा न्यानो दियो । यो भिजेको थियो, यो सुक्खा हुँदैनथ्यो तर जब म यसभित्र छिर्थेँ, मेरो शरीरको तापक्रमले यसलाई न्यानो पाथ्र्यो ।” 

    उनले भने, “मसँग कुनै विकल्प थिएन। बाँच्नको लागि मेरो लागि प्रेरणा मेरो घरमा मेरी आमा हुनुहुन्थ्यो र छोरी थिइन्।” म्यागाडानका डेपुटी गभर्नर तातियाना सावचेन्कोले उनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

    पिचुगिनलाई घर फर्कन र आफन्तलाई भेट्न जाँदा प्रशासनले सहयोगसहित पठाउने गभर्नर सावचेन्कोल बताए । 

    पिचुगिन साइबेरियाको उलान–उडेबाट आएका हुन् तर उनी चालकको रूपमा सुदूर पूर्वी टापु सखालिनमा काम गरिरहेका थिए।

    अगष्ट ९ मा उनी आफ्ना भाइ ४९ वर्षीय सर्गेई र १५ वर्षीय भतिजा इल्यासँग खाखालिन तर्फ प्रस्थान गरेका थिए ।

    दुर्भाग्यबस, उनीहरू पुग्न असफल भए, डुङ्गा कामचटकातिर गएको आशङ्कामारूसी उद्धारकर्ताहरूले हेलिकप्टर र विमानद्वारा त्यस क्षेत्रको सर्वेक्षण गरे तर केही पनि फेला परेन र अन्ततः खोजी कार्य बन्द गरियो ।

    डुङ्गा आफ्नो सुरुको स्थानबाट करिब एक हजार किलोमिटर (६७० माइल) टाढा फेला परेको थियो।

    पिचुगिनको १०० किलोग्राम (२२० पाउण्ड) तौलका कारण उनी बाँचेको हुन सक्ने उनकी पत्नीले बताएकी छन्। रुसी टेलिभिजनका अनुसार सोमबार फेला पर्दा उनको तौल ५० केजी मात्र थियो ।

    उनकी पत्नी येकातेरिनाले आरआईए नोभोस्ती समाचार संस्थासँग भनिन्, “यो एक प्रकारको चमत्कार हो । पिचुगिनले दुई हप्ताका लागि पर्याप्त खाना र पानी लिएका थिए ।”

    यातायात अनुसन्धानकर्ताहरूले सुरक्षा नियमहरूको सम्भावित उल्लङ्घनको बारेमा उनीमाथि अनुसन्धान सुरु गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार