images
images

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    भक्तपुर / मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । 

    images
    images
    images
    images

    २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । 

    समुदायमा नै आधारित हुँदै बचत गर्दै आएको तौडोलछाप सहकारीमा आएको विषम परिस्थितिमा पनि नाफामा गएको सहकारीले जानकारी दिएको छ । 

    आफ्नो १५ औँ साधारण सभाका अवसरमा सहकारीले यो वर्ष १९ लाख ६ हजार ३ सय ९५ रुपैंया खुद नाफा गरेको सहकारीका कार्यवाहक व्यवस्थापक सन्जिब थापाले जानकारी दिएका छन् । 

    देश भर सहकारीमा समस्या आएको समयमा तौडोलछापले भने अघिल्लो वर्ष र यो वर्ष नै नाफामा गएको उनले बताए । सहकारी अघिल्लो वर्ष १३ लाख ८१ हजार ४ सय १६ रुपैंया नाफामा गएको थापाले जानकारी दिए । 

    सहकारी देश डुबेर समस्या ग्रस्त भएको समयमा पनि नाफा कमाउन सक्नु भनेको सहकारी प्रतिको बचत कर्ताको विश्वास भएको साधारण सभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताए । 

    उनले सहकारी नाफामा जानुमा सञ्चालक समितिको मिहेनत तथा बचत कर्ताको विश्वास नै भएको बस्नेतले बताएका थिए । 

    यस्तै सहकारीका अध्यक्ष दिपेन्द्र थापाले सहकारीले बचत भन्दा पनि सहकारीका बचत कर्ताको निक्षेप सुरक्षणमा ध्यान दिने गरेको बताएका थिए । यस्तै, उनले सहकारीको आगामी लक्ष्य भनेको आफ्नो जग्गा खरिद गरी भवन बनाउने रहेको समेत बताएका थिए । 

    साधारण सभाको क्रममा सहकारीका विभिन्न बचत कर्ताहरूलाई सम्मान समेत गरिएको थियो । जसमा तौडोलछाप विशेष बचत कर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, वृद्ध बचत कर्ता सम्मान, उत्कृष्ट नारी बचत कर्ता सम्मान गरेको थियो । 

    यस्तै सहकारीको साधारण सभामा आयोजित  रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान समेत गरेका थिए । 

    बाढी पीडितलाई सहकारीको ५० हजार सहयोग

    देशभर लगातारको वर्षाका कारणले भएको बाढी पहिरो प्रभावितका लागि सहकारीले ५० हजार सहयोग प्रदान गरेको छ । सामुदायिक कोष अन्तर्गत वडा अध्यक्ष मार्फत सहकारीले ५० हजार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार