images
images

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

    images
    images
    images
    images

    मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले बिम्स्टेक सदस्य राष्ट्रबीच सहकार्य र सहयोग आवश्यक रहेको बताए । 

    उनले छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयास हुने बताए । यस क्षेत्रमा संयुक्त र एकीकृत समाधान निकाल्नुपर्ने उनले जोड दिए ।

    बैठकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान र नेपालका प्रतिनिधि सहभागी थिए । 

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको बैठकमा सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलता र चुनौतीबारे छलफल भएको जनाएको छ ।

    बैठकमा विभिन्न राष्ट्रहरूले गरिबी निवारणका आफ्ना रणनीति र उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार