images
images

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    images
    images
    images
    images

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । 

    सो सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडियामा कर्जा प्रवाह भएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानले सो रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो।

    यसअघि संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा छानविन गर्न सिफारिस गरेको थियो।

    पक्राउ पुर्जी जारी भएलगत्तै लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ। रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार