images
images

मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन् । 

    बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाई गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिए ।
     
    उनले भने, “प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक रूपमा हटाइएको छ । तर मलाई जनताप्रति विश्वास छ । त्यो असंवैधानिक र अलोकतान्त्रिक र निरङकुश कदमका विरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ । र त्यसको लागि जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जाने छौँ । हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरु मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदी सरकारले त्यसको  सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ । र  त्यहाँबाट पनि लडाइँ छेडिनेछ । हरेक पालिकापालिकाबााट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्न पर्ने हुनसक्छ हामीले भनेका छौं ।”

    उनले राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनका् सुरुवात गर्न आवश्यक रहेको बताए । 

    फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन आफू रातदिन देशभरी खटिरहेको पनि उनको भनाई छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार