काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
रकम हिनामिना एवम् हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामाथि पुनरावेदन दिइएको घिमिरेले बताए ।