images
images

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको सम्झौता, लगानी र व्यापार सहजीकरण गर्ने

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको सम्झौता, लगानी र व्यापार सहजीकरण गर्ने

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको सम्झौता, लगानी र व्यापार सहजीकरण गर्ने

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । 

    images
    images
    images
    images

    चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको छ ।

    सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । 

    अध्यक्ष अग्रवालले भने, ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए । 

    नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराए ।
    पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे । 

    नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार