images
images

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो महँगियो, अन्य देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो महँगियो, अन्य देशको मुद्रालाई कति ?

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो महँगियो, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरोलगायतका केही मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार एक अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    images
    images
    images
    images

    यसैगरी, युरोपियन युरोको भाउ भने बढेर एकको खरिदमा १४५ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४६ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यसअघि भने युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ १९ पैसा तोकिएको छ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ १६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । आज युके पाउन्ड स्टर्लिङको भाउ पनि आज बढेको हो ।
     
    स्विस फ्र्याङ्कको भाउ समेत बढेर आज एकको खरिदमा १५५ रुपैयाँ १५ पैसा र बिक्रीमा १५५ रुपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि भने एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो। 

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । आइतबारको तुलनामा अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने आज सामान्य घटेको हो ।

    यसैगरी, सिङ्गापुरे डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

    राष्ट्र बैङ्कले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार