images
images

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक एकतर्फी खुल्यो

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक एकतर्फी खुल्यो

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक एकतर्फी खुल्यो

    बागमती हेटौँडा-काठमाडौँलाई जोड्ने हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । 

    images
    images
    images
    images

    मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
     
    गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । 

    तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । 

    सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार