images
images

सरकारले साढे २३ अर्बको ट्रेजरी बिल जार्री, ५ अर्ब बराबरको नयाँ ऋणपत्र निष्कासन हुने

सरकारले साढे २३ अर्बको ट्रेजरी बिल जार्री, ५ अर्ब बराबरको नयाँ ऋणपत्र निष्कासन हुने

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • सरकारले साढे २३ अर्बको ट्रेजरी बिल जार्री, ५ अर्ब बराबरको नयाँ ऋणपत्र निष्कासन हुने

    काठमाडौँ / सरकारले आज (सोमबार) करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो ।

    images
    images
    images
    images

    उक्त बिलमध्ये १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको नवीकरणीय ऋण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन हुँदैछ। 

    बिहान १० देखि दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्था विद्युतीय माध्यमबाट बोलकबोलमा सहभागी हुनसक्ने जनाइएको छ ।

    बोलकबोल हुने ऋणमध्ये नयाँ ऋणको अवधि २८ दिनको रहेको छ । नवीकरणीय ऋण भने ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका छन् । 

    सरकारले यो आर्थिक वर्षमा मात्रै ३५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिसकेको छ भने ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ट्रेजरी बिल आन्तरिक ऋणको अल्पकालीन औजार हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार