images
images

एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकल डेलिभरी, नाडा अटो शो–मा गरिएको थियो बुकिङ्ग

एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकल डेलिभरी, नाडा अटो शो–मा गरिएको थियो बुकिङ्ग

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकल डेलिभरी, नाडा अटो शो–मा गरिएको थियो बुकिङ्ग

    काठमाडौं / ट्रायम्फ नेपालले ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’ आयोजना गर्दै नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images
    images

    कम्पनीका अनुसार एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू डेलिभर गरिएको छ, जुन गत अगस्टमा लन्चपछि प्रि-बुक गरिएको थियो ।

    विशेष कार्यक्रम सहित ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको कम्पनीको भनाइ छ।

    काठमाडौंको नक्सालस्थित ट्रायम्फ शोरूममा आइतबार आयोजना गरिएको कार्यक्रममा ट्रायम्फका स्पिड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेल डेलिभरी गरिएको थियो ।

    नाडा अटो शो २०२४ सार्वजनिक गरिएको यस ब्रान्डलाई लिएर ग्रहाकहरू अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो । नाडा अटो शोमा बुक गर्ने २०० ग्राहकले सो कार्यक्रममा भाग लिएका थिए ।

    कम्पनीका अनुसार कार्यक्रममा ‘द जेन्टलम्यान्स क्लब’ को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक ‘कम्युनिटी ग्रुप’ हो ।

    कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायका लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्‍याउनेछन् ।

    ट्रायम्फ ब्रान्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाए ।

    ‘ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो ब्रान्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ । आगामी दिनमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौं । मोटरसाइकलको उचित मर्मतसम्भारका लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार