images
images

टाटा मोटर्सको दशैंमा ७५१ गाडी डेलिभरी, सबैभन्दा बढी टाटा पन्च इभिको बिक्री

टाटा मोटर्सको दशैंमा ७५१ गाडी डेलिभरी, सबैभन्दा बढी टाटा पन्च इभिको बिक्री

यो दशैंमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।

शुक्रवार, असोज २५ २०८१
शुक्रवार, असोज २५ २०८१
  • टाटा मोटर्सको दशैंमा ७५१ गाडी डेलिभरी, सबैभन्दा बढी टाटा पन्च इभिको बिक्री

    काठमाडौँ / यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ । 
    सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभिमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए । 

    images
    images
    images
    images

    सिजापतिका अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ ।     

    tiyago.jpg

    टाटाको पन्च इभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो ।  यो दशैंमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । 

    उनले भने, “विशेषगरी महिलाहरू र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरूको पहिलो रोजाईमा पर्न सफल भएको टियागो इभिको पनि यो दशैंमा उत्साहजनक रूपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको छ ।”   
    यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरू डेलिभर गरेको छ । 

    news.jpg

    यसको साथै दशैंको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । 

    साथै, टाटा मोटर्सले आफ्ना देशभरीको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरू खुल्ला हुनेछन् ।

    taa news.jpg

     जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरू मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । निःशुल्क चार्जिङ्ग एक्प्रेस टिमा लागू हुने छैन । सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरू रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार