images
images

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

    काठमाडौँ / बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको  हो । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । 

    images
    images
    images
    images

    बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्सालस्थित बाइकर्स  क्याफेबाट सुरु भएको हो । 

    यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित को साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ । 

    बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भभने, “हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कंट्री साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

    अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन् ।

    उनले भने “उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।”

    fg.JPG

    यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतिपूर्ण भू–भाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक पुग्न सकिने स्थान सम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी  कार्य हुनेछ ।

    द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने वाचा गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार