images
images

संसदीय समितिमा कोरम पुर्याउन सहजीकरण गर्न आग्रह, नियमित बैठक बस्न समस्या

संसदीय समितिमा कोरम पुर्याउन सहजीकरण गर्न आग्रह, नियमित बैठक बस्न समस्या

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • संसदीय समितिमा कोरम पुर्याउन सहजीकरण गर्न आग्रह, नियमित बैठक बस्न समस्या

    काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरुले बैठकमा कोरम पु¥याउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको बताएका छन् । 

    images
    images
    images
    images

    मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पश्चात उनले समिति सभापतिहरुले नियमित बैठक बस्न समस्या भएको कुरा उठाएको भन्दै त्यसमा दलहरुले सहजीकरण गर्ने बताए । 

    उनले भने, ‘दशैँपछि तिहारको बीचमा पनि समितिमा विचाराधिन रहेका विधेयकहरुलाई कसरी छिटो भन्दा छिटो सदनमा पठाउने, काम सम्पन्न गर्ने भन्ने विषय नै मुख्य एजेण्डा हो । बैठक सकारात्मक भयो र दुईवटा कुरा उठेको छ । एउटा सभापतिहरुले कोरम पु¥याउनका लागि दलहरुले सहजीकरण गर्दिएहुन्थ्यो भन्ने आग्रह गरेका छन् । नियमित बैठक बस्न समस्या भएको कुरा पनि आएको छ ।’

    यसको साथै, उद्योग समितिका सभापति अब्दुल खानले पनि बैठकमा सबै सभापतिहरुले साझा रुपमा कोरम नपुगेको विषयलाई उठाएको बताए । 

    उनले भने, ‘आजको बैठकमा सबै सभापतिहरुको साझा कुरा के थियो भने कोरम पुगेको छैन् । सदनको बैठक बन्द भएपछि मान्यहरु आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ त्यसकारण बैठक बस्न गा¥हो हुन्छ । अर्को कुरा बैठक बस्दा पनि चिया, नास्ता समेत खुवाउन समितिलाई गा¥हो हुन्छ । यसमा पनि गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार