images
images

नेप्से परिसूचक ८.३० अङ्कले घट्दा ८ अर्बको कारोबार, बिशाल बजारमा आज पनि पोजेटिभ सर्किट

नेप्से परिसूचक ८.३० अङ्कले घट्दा ८ अर्बको कारोबार, बिशाल बजारमा आज पनि पोजेटिभ सर्किट

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • नेप्से परिसूचक ८.३० अङ्कले घट्दा ८ अर्बको कारोबार, बिशाल बजारमा आज पनि पोजेटिभ सर्किट
    images
    images

    काठमाडौँ / बुधबार नेप्से परिसूचक उच्च अङ्कले बढेको सेयर बजार आज भने ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ८.३० अङ्कले घटेर २ हजार ७ सय ४८.०५ अङ्कमा खुम्चिएको हो । 

    बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेर २ हजार ७ सय ५६.३६ बिन्दुमा पुगेकोमा बिहीबार पुनः ओरालो लागेको हो । आज ठूला कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.३८ अङ्कले घटेर ४ सय ७७.५० बिन्दुमा झरेको छ । 

    नेप्से परिसूचक ओरालो लागेसँगै आज कारोबार रकम पनि घटेर ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । बुधबार कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ नाघेको थियो। 

    बिहीबार बार ३०७ ओटा कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८३ हजार १ सय २८ पटकमा खरिद बिक्री भएको छ । 

    घटेको बजारमा आज विशाल बजारको सेयर मूल्यमा उछाल आउँदा व्यापरिक समूको सेयर मूल्यमा उच्च बृद्धि देखिएको छ । 

    तीनओटा बाहेक सबै समूहको परिसूचक ओरालो लागेको बजारमा आज व्यापारिक समूहको परिसूचक ९.२५ प्रतिशतले बढेको हो । त्यस्तै, विकास बैंक समूहको परिसूचक १.०५ प्रशित र जीवन बिमा समूहको परिसूचक ०४७ प्रतिशतले बढेको छ । 


    आज सर्वाधिक बढी हाइड्रो पावर समूहको परिसूचक १.५८ प्रतिशतले घटेको छ भने अन्य समूहको परिसूचक १.४१ प्रतिशत, वित्त समूहको परिसूचक ०९७ प्रतिशत, निर्जीवन बिमा समूहको ०५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०८६ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.६२ प्रतिशतले बढेको छ । 

    यो दिन पनि बिशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ । एकैदिन प्रतिकित्ता ४९५ रुपैयाँले बढेको विशाल बजारको सेयर प्रतिकित्ता ५ हजार ४४५ रुपैयाँ पुगेको हो । 

    त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता २५९ रुपैयाँ ५० पैसाले बढेर २ हजार ८५४ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै, सर्पोट माइक्रो फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ रुपैयाँ ८० पैसा पुगेको छ । 

    यता, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने उपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ८.६० प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६.८४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यो बैंकको सेयर मूल्यमा बुधबार भने पोजेटिभ सर्किट लागेको थियो । 

    बिहीबारको कारोबार रकममा एक्सेल डेभलपमेन्ट बैंकको हिस्सा सर्वाधिक बढी ३१ करोड ८ लाख ६४ हजार रुपैयाँ रहेको छ भने नेपाल फाइनान्सको २९ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    आज बजार पुँजीकरण रकम ४५ खर्ब ५६ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार