images
images

आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

    images
    images
    images
    images

    बुधबार दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति कोशी प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार