images
images

ओली सरकारको १०० दिन : प्रधानमन्त्री ओलीले सिंहदरबारबाट प्रगति विवरण सार्वजनिक गर्ने

ओली सरकारको १०० दिन : प्रधानमन्त्री ओलीले सिंहदरबारबाट प्रगति विवरण सार्वजनिक गर्ने

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • ओली सरकारको १०० दिन : प्रधानमन्त्री ओलीले सिंहदरबारबाट प्रगति विवरण सार्वजनिक गर्ने

    काठमाडौँ / सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने भएका हुन् । 

    images
    images
    images
    images

    उक्त प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी सबै दलका नेता सहभागी छन् । 

    सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरेल, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायतको उपस्थिति रहेको छ । 

    नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार