images
images

तिहारै आयाे...भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

तिहारै आयाे...भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • तिहारै आयाे...भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

    भक्तपुर / नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

    images
    images
    images
    images

    भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउनमा लागि परेका छन् । 

    विनोदकुमार प्रजापति आफूले यसवर्ष १५ सयदेखि दुई हजार माटोको दियो बनाउने योजना रहेको बताए । 

    उनले भने, ‘आफूले निरन्तरता दिएर लागेको १० वर्षजति भयो । यो हाम्रो पुख्र्यौली पेसा हो । हाम्रोमा सिजनअनुसार काम चल्छ । तर यो तिहारको समयमा दियोको अलिक धेरै नै माग आउँछ । तिहारमा राम्रोसँग काम गर्न सकियो भने एक हजार पाँच सयदेखि दुई हजार दियोहरु बनाएर बेच्ने योजना छ ।’

    केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उनले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताए ।
    पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै प्रजापतिले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार