images
images

नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ७० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा

नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ७० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ७० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा

    काठमाडौँ / नर्सरी व्यवसायी संघको आयोजनामा ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फ संघले कार्तिक ९ देखि १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’भन्ने नाराका तिहार फ्लोरा एक्स्पो गर्ने जानकारी दिएको हो । 

    images
    images
    images
    images

    पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने संघले जनाएको छ । 

    साथै, मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने संघले जानकारी दिएको छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास रहेको संघका अध्यक्ष रामजीप्रसाद तिम्लिसिनाले बताए । 

    “यस संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ,” उनले भने, “प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पती विज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुखसहितको संलग्नतामा ३ सदस्यीय मूल्याङ्कन समितिको समेत गठन गरिएको छ ।” मेलामा ६५ वटा व्यवसायिक स्टल रहने उनले बताए । 

    उनका अनुसार बनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ३ स्टल तथा प्रतिस्पार्धाको २ वटा स्टलसमेत जम्मा ७० वटा स्टल रहने छ। मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा रहेको संघले जनाएको छ । 

    मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ,  विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । 

    दोस्रो तिहार फ्लोरा एक्सपोको प्रवर्द्धक संस्थाहरूमा पुष्प विकास केन्द्र र वनस्पती विभाग रहेको छ भने विशेष सहयोगी कम्पनीहरूमा शलोम एग्रीकल्चर, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर र ग्रिस्मा नर्सरी रहेका छन् । 

    नर्सरी व्यवसायी संघ नेपालले गत वर्षदेखि तिहार फ्लोरा एक्स्पो आयोजना गर्न सुरु गरेको थियो । नर्सरी व्यवसायीलाई थप उत्साहित तुल्याएको सो एक्स्पोलाई संघले यस बर्ष पनि निरन्तरता दिएको हो । 

    नर्सरी व्यवसायको विकास, विस्तार एवम् प्रबर्द्धन गरी स्वच्छ वातावरणसहित आय र रोजगार प्रवर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ स्थापना भएको थियो । 

    हालसम्म संघले २ वटा एक्स्पो सम्पन्न गरि सकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदानलगायतका सामाजिक कार्यसमेत गरिसकेको छ । 

    संघले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरूको बृहत प्रदर्शनीको रूपमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार