पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

    आज कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना रहेको छ । 

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com