images
images

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन् । 

    images
    images
    images
    images

    वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनीहरुले पाएको बताए । 
     
    “लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन् । उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भने, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।”
     
    कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे । 

    उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट रु ६ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार