images
images

अर्थमन्त्री पौडेल र विश्व बैंकका रेजरबिच नेपालमा रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल

अर्थमन्त्री पौडेल र विश्व बैंकका रेजरबिच नेपालमा रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • अर्थमन्त्री पौडेल र विश्व बैंकका रेजरबिच नेपालमा रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल

    वासिङ्टन / विश्व बैंकले नेपालमा रोजगारी सृजनामा सघाउने भएको छ । विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजर र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलबिच बुधबार भएको भेटवार्तामा सो विषयमा छलफल भएको हो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मन्त्री पौडेल हाल अमेरिकामा छन् । 

    images
    images
    images
    images

    अमेरिकास्थित नेपाली राजदूतावासका अनुसार मन्त्री पौडेल र रेजरबिच नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो । 

    यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । 

    सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार