images
images

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबिच नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबिच नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबिच नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल

    वासिङ्टन, डिसी / विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । 

    images
    images
    images
    images

    त्यसअवसरमा उनीहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्माणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

    हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको उक्त राजदूतावासले जनाएको छ। 

    यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए । 

    उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार