images
images

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

    काठमाडौँ / रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न भएको छ । 

    images
    images
    images
    images

    कात्तिक ४ गतेबाट श्री मध्य पृतना हे.क्वा., हेटौँडामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम Defence Correspondent Orientation Programme (DCOP) आज समापन भएको हो । 

    समापन समारोहमा मध्य पृतनाका चिफ अफ स्टाफ सहायक रथी सुवास जंग थापाले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गदै प्रमाणपत्र वितरण गरे । 

    पाँच दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेका चितवन राष्ट्रिय निकुञ्ज तथा अन्य महत्वपूर्ण संरचनाहरुको स्थलगत अध्ययन भ्रमण गराइएको थियो । 

    यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार