images
images

विशेष कार्यक्रम गरि मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

विशेष कार्यक्रम गरि मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • विशेष कार्यक्रम गरि मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

    काठमाडौँ / संयुक्त राष्ट्र संघको स्थापना दिवसको विशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ । संयुक्त राष्ट्र संघको बडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ को अवसरमा मनाइएको हो ।

    images
    images
    images
    images

    सैनिक मुख्यालय, भद्रकाली स्थित खेल मैदानमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै तीन वटै सुरक्षा निकायबाट संयुक्त ब्यान्डको प्रस्तुति गरिएको थियो ।

    नेपालका लागि संयुक्त राष्ट्र संघका निमित्त आवासीय प्रतिनिधि रोबेर्ट कसकाले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शान्ति, स्थायित्व र दीर्घकालीन विकासको लागि संयुक्त राष्ट्र संघको कार्यक्रमहरूमा नेपालको सक्रिय योगदान तथा भूमिकाको सराहना गरेकी थिइन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालले सदैव संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेका पहलहरूमा सहकार्य गर्दै आएको र भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ उक्त सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायु परिवर्तन, गरिबी तथा सुरक्षा संवेदनशीलताले सिर्जित विश्व परिस्थितिमा समाधानका प्रयासहरू समेत बहुआयामिक रहेको र नेपालले सदैव यस्ता प्रयासहरूमा सहकार्य गर्दै विश्वका चुनौतीपूर्ण इलाकाहरूमा आफ्ना शान्ति सैनिक तथा पर्यवेक्षकहरू खटाई विश्व शान्ति जस्तो महान् कार्यमा लामो समयदेखि संलग्न हुन पाउनु गर्वको कुरा रहेको बताए ।  

    समारोहमा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भए देखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धता अनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए । 

    मन्तब्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हर हमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना गरे । 

    युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य राखेको समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, पूर्व प्रधान सेनापतिहरु, नेपाल सरकारका सचिवहरु, युएन मिसन प्रमुख एवं फोर्स कमाण्डर, पूर्व फोर्स कमाण्डरहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

    नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघिय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरुमा नेपाली सेनाका ५,९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६,१४१ जना शान्ति सैनिकहरु कार्यरत छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार