images
images

मध्यरातमा भारतमा तीव्र चक्रवाती आँधी दानाको अवतरण, ओडिसा र पश्चिम बङ्गालमा भारी बर्षा

मध्यरातमा भारतमा तीव्र चक्रवाती आँधी दानाको अवतरण, ओडिसा र पश्चिम बङ्गालमा भारी बर्षा

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • मध्यरातमा भारतमा तीव्र चक्रवाती आँधी दानाको अवतरण, ओडिसा र पश्चिम बङ्गालमा भारी बर्षा

    तीव्र चक्रवाती आँधी दानाको अवतरणपछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् । 

    images
    images
    images
    images

    अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।

    करीव १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै  बिजुलीका तारहरूमा क्षति पुर्याएको जनाइएको छ । 

    चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्याइ प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ । यद्यपी अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।

    भारतीय मौसम विज्ञान विभाग (आइएमडी)का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच  घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ । 

    चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवाहरू शुक्रवार बिहान देखि पुनः सुरु भएको अधिकारीहरूले जनाएका छन् ।

    प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब १० लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी  विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।  

    प्रभावित राज्यका जिल्लाहरूमा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू तैनाथ गरेका थिए  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार