images
images

मुक्तिनाथ विकास बैंकले तीन महिनामा कमायो २८ करोड खुद नाफा, खराब कर्जा घट्यो

मुक्तिनाथ विकास बैंकले तीन महिनामा कमायो २८ करोड खुद नाफा, खराब कर्जा घट्यो

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • मुक्तिनाथ विकास बैंकले तीन महिनामा कमायो २८ करोड खुद नाफा, खराब कर्जा घट्यो
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंक लिमिटेडले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सो अवधिमा २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा यस्तो रकम २३.१७ प्रतिशतले बृद्धि गरेको हो । 

    बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत, कुल सञ्चालन आम्दानी ९.०१ प्रतिशत, खुद सञ्चालन आम्दानी ९.७८ प्रतिशत र सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बृद्धि भएसँगै बैंकको नाफा बढेको देखिन्छ । 

    गत बर्ष बैंकले पहिलो त्रैमासिकमा १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस बर्ष उक्त रकम सोही अवधिमा बढेर १ अर्ब ११ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । 

    यसैगरी असोज मसान्तसम्म कुल सञ्चालन आम्दानी १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । गत बर्ष सोही अवधिमा सो रकम १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ थियो । 

    त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ८३ करोड ४५ लाख रुपैयाँबाट बृद्धि गरी ९१ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँबाट बृद्धि गरी ४० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । 

    समीक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज (रिभर्स) ७.२२ प्रतिशतले बृद्धि भएर ३८ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख ८६ हजार रुपैयाँ छ ।

    गत बर्षको तुलनामा बैंकले वितरणयोग्य मुनाफा ५५.५४ प्रतिशतले बृद्धि गरेको हो । बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ सञ्चित छ । 

    त्यस्तै, बैंकको रेन्टेड अर्निङ ८९.५७ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष पहिलो त्रैमासमा ३३ करोड १८ लाख रुपैयाँ रहेको रेन्टेड अर्निङ यस बर्ष सोही अवधिमा बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

    बैंकको निक्षेप सङ्कलन ०.९५ प्रतिशतले बढ्दा कर्जा प्रवाह २.९६ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब १० अर्ब ८० करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ९४ अर्ब ७२ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ५.९९ प्रतिशत र बेस रेट ८.२७ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १ पैसा छ । 

    बैंकको खराब कर्जा भने २७.९० प्रतिशतले घटेको छ । गत आर्थिक बर्ष असोज मसान्तसम्म बैंकको खराब कर्जा ११.४७ प्रतिशत थियो भने समीक्षा अवधिमा घटेर ८.२७ प्रतिशतमा झरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार