images
images

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण सञ्चालन

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण सञ्चालन

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण सञ्चालन

    काठमाडौँ / विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

    images
    images
    images
    images

    प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई बिहिबार र शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

    दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । 

    उक्त कार्यक्रममा पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए । 

    साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग-आस्वा, सिआस्वा, मेरो शेयर एपको तथा आईपिओ भर्दा पु-याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए। 

    यसैगरी पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिम सम्बन्धी विषयहरू पनि समेटेका थिए । 

    News.JPG

    कार्यक्रमका सहभागी सदस्यहरूले विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

    प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कशप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज (आइओएससिओ)को आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार