images
images

यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता
    images
    images

    नेपाल र बंगलादेशका संचारकर्मी एवम अभियन्ताहरुबिच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटिआइ) समूदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ । 

    ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बंगलादेश र नेपालमा समूदायका मुद्दाहरुले पाइरहेको प्राथमिकताका विषय एवम उठिरहेको मुद्दाका विषयमा सहभागीहरुले धारणा राखेका थिए ।
     
    बंगलादेशबाट आएका विप्लव रोयले एलजिविटिआइ समूदायका मुद्दा र मानवीय व्यवहारमा बंगलादेशमा क्रमश परिवर्तन आउँदै गएको धारणा राखे । उनले मुस्लिम देश भएकाले धार्मिक रुपमा प्रशस्त चुनौतिहरुको सामना गर्दै अघि बढ्नु परेको भएपनि पछिल्ला बर्षहरुमा मिडिया र सरकारले सकरात्मक भूमिका निर्वाह गरिरहेको बताए । 

    ब्लु डाइमण्ड सोसाइटीकी अभियन्ता भूमिका श्रेष्ठले नेपालमा संवैधनिक रुपममा नै समूदायलाई सम्बोधन गरिएपनि कानुनी रुपमा अझै धेरै कामहरु बाँकी रहेको औंल्याइन । दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल उदाहरणीय मुलुक रहेको उल्लेख गर्दै समूदायका मुद्दाहरुका सवालमा नीतिगत सुधार भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलताहरु रहेको बताइन । 

    नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले समूदायका मुद्दाहरु नेपाली मिडियाहरुले उच्च रुपमा प्राथमिकता दिएको बताए ।

    उनले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको आचार संहितामा पनि लैङ्गिक विभेद गर्न नपाइने उल्लेख गरेकाले नेपाली मिडियाहरुले आचार संहिता अनुसार नै समूदायका व्यक्ति र मुद्दालाई उचित स्थान दिएको जानकारी दिए । साक्षात्कारमा सहभागीहरुले दुवै देशका अनुभव र व्यवस्थाबारे चर्चा गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार