images
images

विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्नेछ : सभापति देउवा

विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्नेछ : सभापति देउवा

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्नेछ : सभापति देउवा
    images
    images

    पाटन (ललितपुर) / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताएका छन् । 

    नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उहाँले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।

    सभापति देउवाले भने, “देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”

    उनले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खटिन आग्रह गरे । 

    पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढीपहिरा तथा विपद्का समयमा सहयोग गर्नु आफूलगायत हरेक व्यक्तिको दायित्व भएको बताए ।

    कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले विपद्बाट भएको मानवीय र भौतिक क्षतिमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

    उनले पार्टीका तर्फबाट बाढीपहिरो पीडितका लागि सङ्कलन गरेको रु दुई लाख २७ हजार पाँच सय पाँच बागमती गाउँपालिका आश्राङमा बाढीले घर बगाएका पीडित परिवारलाई प्रदान गरिएको जानकारी दिए । 

    कार्यक्रममा बाढीपहिरोबाट मृत्यु भएका ४६ र बेपत्ता पाँच गरी ५१ जनाका परिवारलाई नगद रु २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार