images
images

सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने, ८ टोलीको सहभागितामा एनपिएल सुरु हुने

सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने, ८ टोलीको सहभागितामा एनपिएल सुरु हुने

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने, ८ टोलीको सहभागितामा एनपिएल सुरु हुने
    images
    images

    काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट गर्ने भएको छ ।

    रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । 

    आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्ने छन् । 

    छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ । सुदूरपश्चिम क्षेत्रका खेलाडीलाई यो राम्रो अवसर हुने रोयल्सले विश्वास लिएको छ । रोयल्सको टोलीमा सुदूरपश्चिम क्षेत्रका खेलाडीको बाहुल्यता रहेको पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छौं ।

    रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा हुन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

    टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार