images
images

चौधरी ग्रुपले एक वर्षमै तिर्‍यो साढे १८ अर्ब कर, कुल राजस्वमा २ योगदान, ५ वर्षमा ७६ अर्ब

चौधरी ग्रुपले एक वर्षमै तिर्‍यो साढे १८ अर्ब कर, कुल राजस्वमा २ योगदान, ५ वर्षमा ७६ अर्ब

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • चौधरी ग्रुपले एक वर्षमै तिर्‍यो साढे १८ अर्ब कर, कुल राजस्वमा २ योगदान, ५ वर्षमा ७६ अर्ब
    images
    images

    काठमाडौं /  चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/ ०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ
    कर तिरेको छ ।  यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । मुलुककै प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले तिर्ने करले हरेक आर्थिक वर्षमा राजस्व संकलनमा महत्वपूर्ण योगदान राख्दै आएको छ ।
    ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको चौधरी ग्रुपले अनुमान गरेको छ । 

    प्रतिकुल वातावारणमा पनि चौधरी ग्रुपको महत्वपूर्ण योगदानः 

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा
    १५ प्रतिशतले बृद्धि भएको छ । 

    आर्थिक बर्ष २०७९/ ०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पु¥याएको योगदान २ अर्ब ३८ करोडले बढि छ । आर्थिक बर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउन सकेकोमा चौधरी ग्रुपले खुशी महसुस गरेको छ ।
     
    राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा खुशी छु – विानोद चौधरी 

    यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ ।’

    गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/ ८१ मा १८ अर्ब ५२ करोड रूपैयाँकर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

    लगानीको दायरा विस्तार गर्दै लग्ने – निर्वाण चौधरी

    चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताएका छन् । 
    ‘हामीले प्रत्येक बर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी बर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भने, ‘चौधरी गु्रपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’ 

    व्यवसायिक ग्रुपहरूले राजश्वमा गरेको योगदानलाई छुट्टै गणना आवश्यक

    नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक बर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । 

    करदाताको रुपमा व्यवसायको मार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ । 

    यो दुविधालाई अन्त्य गर्न र आफुले राजश्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक बर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।

     साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना
    गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि सम्वन्धित निकायको ध्यानाकर्षण चौधरी ग्रुपले गरेको छ ।

    चौधरी ग्रुपले विभिन्न कम्पनी मार्फत चाउचाउ, सिमेन्ट छड जस्ता विविध शीर्षकमा पर्यटन, पूर्वाधार, खाद्यबस्तु तथा  विभिन्न उद्योगहरुमा लगानी गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार