images
images

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । 

    जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ ।

    न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरेर/गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न प्रदान गरिनेछ ।

    यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार