images
images

शुक्रबारको राशिफल : व्यापार, व्यवसाय, कार्यक्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ ?

शुक्रबारको राशिफल : व्यापार, व्यवसाय, कार्यक्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ ?

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • शुक्रबारको राशिफल : व्यापार, व्यवसाय, कार्यक्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ ?
    images
    images
    images
    images

    आज विक्रम संवत २०८१ साल माघ ११ गते, शुक्रबार । ईश्वी सन् २०२५ जनवरी २४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष दशमी तिथि, १७ः१७ बजेपछि एकादशी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। आर्थिक लाभको दृष्टिले राशिफल अनुसार तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस् 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायमा नयाँ चिनजानबाट लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा मेहनतअनुसार परिणाम नमिल्न सक्छ । जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्नुहोला । अवसर आए पनि सोचबिचार गरेर मात्रै काम सुरु गर्नुहोला । आँटेको काममा धन र श्रम बढी लाग्नेछ । आफ्नो सामान अरुले दावी गर्ने समय छ । यद्यपि दोहोर्याए गरेको काम बन्नेछन् ।  

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
    साझेदारी व्यापारबाट लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। महत्वपूर्ण काम सम्पादन गर्न आर्थिक पक्ष बाधक बन्नेछ ।  विशेष उपहार प्राप्त हुन सक्छ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा अरुलाई खुशी पार्न मुस्किल हुनेछ । यद्यपि मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीपूर्वक काम गर्ने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काम सुरु हुनेछ । महत्त्वपूर्ण काम सुरु गर्ने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आयस्रोत बढ्नेछ। तत्काल प्राप्त भएको लाभांश अरुलाई बाँड्पर्ने हुनसक्छ । अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। अरुका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काम सुरु गर्नुअघि राम्रोसँग सोचबिचार गर्नुहोला । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    यात्रा लाभदायी रहनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतमा आफैँले गरेको निर्णयले आफैँलाई समस्यामा पार्न सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
    कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त इनाम मिल्नेछ। व्यापार व्यवसायमा चुनौती झेल्नु परे पनि धन लाभको योग छ । योजना बनाएर काम गर्दा फाइदा लिन सकिनेछ । मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा अवसर प्राप्त हुनुका साथै दिर्घकालिन लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा सोचबिचार नगरी गरिएको निर्णयले हानी हुनेछ । नोकरी वा पेशामा नयाँ दायित्व थपिनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ । यद्यपि, सोचविचार गरेर काम गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार व्यवसायमा कार्य गर्दा जोखिमबाट बच्नुहोला। कार्यक्षेत्रमा एउटा कार्य समाप्त गरेर अर्को कार्य प्रारम्भ गर्नुहोला। अरुको फाइदाका लागि उपयोग भइएला। तत्कालको फाइदा हेर्दा दिर्घकालिन रूपमा समस्या पर्न सक्छ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा लिएको कामलाई सम्पादन गर्ने प्रयास गर्नुहोला।आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पैतृक सम्पत्तिको विवाद सुल्झिनेछ । कार्यक्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीमा गरिएको कामबाट फाइदा हुनेछ । व्यापार व्यवसायमा फाइदा लिने समय छ ।  छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम सम्पादन हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कार्यक्षेत्रमा सोचे अनुरुप काम बन्नेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ। मेहनतले काम बने पनि प्रशस्त धनलाभ भने नहुन सक्छ । सावधानीपूर्वक काम गर्दा चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धित कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्। गरिएको कामबाट सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरुलाई फाइदा हुनेछ । यद्यपि, मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com