images
images

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न, ९ महिनाभित्र निर्माण सक्ने लक्ष्य

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न, ९ महिनाभित्र निर्माण सक्ने लक्ष्य

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न,  ९ महिनाभित्र निर्माण सक्ने लक्ष्य
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा न. ३०, ज्ञानेश्वरमा कार्यालय भवन निर्माणका लागि भूमि पूजा सम्पन्न गरेको हो । 

    सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । 

    उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ । 

    बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार