काठमाडौँ / आज (बिहीबार) मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।
मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएपछि आज बोलाइएको हो ।