काठमाडौँ / बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
मङ्गलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।