काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार तुलनामा सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो । आज भने बढेर १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो । यता, चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि भने तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।