images
images

द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’  सकियो, १ हजार ७०० बढी विद्यार्थीहरुसँग ‘जब इन्टरभ्यू’

द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’  सकियो, १ हजार ७०० बढी विद्यार्थीहरुसँग ‘जब इन्टरभ्यू’

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’  सकियो, १ हजार ७०० बढी विद्यार्थीहरुसँग ‘जब इन्टरभ्यू’
    images
    images

    काठमाडौँ/  ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट– २०२४’ सकिएको छ ।

    यहि सोमबार र मंगलबार थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा करिअर फेस्ट आयोजना भएको थियो ।
    कलेजका विद्यार्थीहरु मात्रै नभई स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उदेश्यले समेत आयोजना भएको थियो । 
    कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागी भए ।

    १ हजार ७०० भन्दा बढी विधार्थीहरुसँग ‘जब इन्टरभ्यू’

    सहभागी कम्पनीहरुले १ हजार ७०० भन्दा बढी विधार्थीहरुसँग ‘जब इन्टरभ्यू’ लिएका थिए । उनीहरुमध्ये १ हजार १४० जना विद्यार्थी बिभिन्न ७४ वटा कलेजका विद्यार्थीहरु रहेका थिए ।
    कार्यक्रमको औपचारिक सुरुवात ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्र राज कँडेलले गरेका थिए । 

    british collge.png

    त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुलाई बिभिन्न सेसनहरुमार्फत व्यावहारिक जानकारी समेत प्रदान गरिएको थियो । 

    यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणाहरु राखेका थिए । 

    यस्तैगरी आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करियर निर्माणको लागि व्यावहारिक सुझावहरू प्रदान गरे । 
    कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्धन गर्ने’ शीर्षकमा आफ्ना भनाईहरु रखेका थिए ।

    सुवेदीले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपायहरु समेत प्रस्तुत गरे । 
    ‘नेपालमा भविष्यको रोजगारः र एआईले रोजगारी ट्रेण्डलाई कसरी पुनःआकार दिँदैछ’ विषयको प्यानल छलफलमा ग्लोबल आईएमई बैंकका उप–कार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी  थिए ।  


    ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक्रुडेले के भने ?

    प्रविधिको सदूपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने हुन्छ । एआईले मानिसको काम नखोसेको बरु एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिन्छ । 

    ‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च हो । 

    british college job.png

    प्यानल डिस्कसनको संचालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गरेका थिए । 

    रोजगारदाताहरूले गरे ब्रिटिस कलेजको करिअर फेस्ट खुलेरै प्रशंसा 

    सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापीत गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरुको प्रतिक्रिया छ । 

    यस्तै, अवसरको खोजीमा रहेकाहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरुको सम्भावनालाई सहि आकार दिन फेस्ट फलदायी भएको बताए । 
    ‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवद्र्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान, र आगामी पुस्ताका प्रोफेशनलहरुलाई प्रेरित गर्न महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार