काठमाडौं तिनकुने गैरिगाँऊ स्थित आइएसएमटी कलेज (ISMT COLLEGE) ले यहि मंसिर १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलगायत ६२ जनाले रक्तदान गरेको कलेजले जनाएको छ ।
रक्त दान कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत साथै अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत गरिएको जनाएको छ । रगत अभावलाई मध्यनजर गर्दै हाम्रो एक पटकको रक्तदानले कसैले जीवनदान पाउन सक्छ भन्ने सोचका साथ गरेका हौँ, कलेजले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
बेलायतको युनिभर्सिटी अफ स्टाण्डर्ड (University of Sunderland) बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले विविए, विएचएम, विएसएम, आइटी, विएससि साइवर सेक्युटिी बलम डिजिटल फरेन्सिस र एमविए (BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics / MBA ) कार्यक्रमहरु संचालन गरिरेको छ ।
यस्तैगरी ISMT Group अन्र्तगत युनिभर्सिटी अफ स्टाण्डर्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरु संचालनमा छन् ।
उक्त कार्यक्रम सफल बनाउन रक्तदान गर्ने सहयोग गर्ने सबैलाई कलेजले कृतज्ञता व्यक्त गरेको छ ।