images
images

किर्तिपुरमा प्रचण्डले भने- उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह हो, ८४ को लागि आँखीझ्याल हुनेछ

किर्तिपुरमा प्रचण्डले भने- उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह हो, ८४ को लागि आँखीझ्याल हुनेछ

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • किर्तिपुरमा प्रचण्डले भने- उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह हो, ८४ को लागि आँखीझ्याल हुनेछ
    images
    images

    काठमाडौँ / कीर्तिपुरमा माओवादीले आयोजना गरेको कार्यक्रममा उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको टिप्पणी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गरेका छन् । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन हुँदैछ ।  

     चुनावी सभालाई आज बिहीबार सम्बोधन गर्दै प्रचण्डले  यस्तो बताएका हुन् । 

    कार्यक्रमस्थलबाटै सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन उनले आग्रह गरेका छन् । 

    prachanda- kritipur.jpg

    ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’, प्रचण्डले भने, ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’

    ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ  उनले भने, यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार