images
images

टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’
    images
    images

    काठमाडौँ / नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरूले खचाखच छ । सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उदघाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरू प्रवेशद्वारमा खचाखच थिए । 

    उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने भएकाले आ–आफ्ना टिमका समर्थकहरू प्ले कार्ड र खेलाडीका तस्विरहरू बोकेर मैदान परिसरमा देखिन्थे । खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ ।

    विश्वचर्चित खेलाडीहरूको आगमनले एनपीएलको क्रेज थप बढेको छ । नेपाली क्रिकेटप्रेमीहरू विशेषगरी स्टार खेलाडीहरूको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन् ।

    जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् । 

    यता, विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरूको क्रेज तुलनात्मक रूपमा बढी देखिएको छ । 

    मैदान परिसरमा भेटिएका दर्शकहरूले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन् । मैदान परिसरमा भेटिएका दर्शक संजिता नेपालले विरानगरको समर्थनका लागि खेल हेर्न आएको प्रतिक्रिया दिए । 

    “म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ । टिममा प्राय लोकल खेलाडीहरू भएका हुनाले उहाँहरूले राम्रो खेल्नुहुन्छ भन्ने विश्वास छ,” उनले भने । 

    अर्का दर्शक विवेक धितालले विराटगरको समर्थनमा आएको प्रतिक्रिया दिए । “म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ । टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन्,” उनले भने, “जे होस म क्रिकेटको ठूलो फ्यान हुँ ।”

    जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरू रहेको प्रतिक्रिया दिए । उनी भन्छन्, “सबैले जनकपुरलाई सपोर्ट गरिदिनुहोला ।”  

    मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरूले सन्दिप लामिछाने आबद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार