काठमाडौँ / नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरूले भरिएको छ । सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उदघाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरू प्रवेशद्वारमा खचाखच थिए ।
