images
images

समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह
    images
    images

    रुपन्देही /  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

    उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । 

    यसैगरी कार्यक्रम बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकको ब्याजदर स्थिर बनाउनुपर्ने आवश्यकता भएको जनाएका छन् । 

    उनले एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्ने प्रवृत्तिले व्यवसायिक क्षेत्रलाई असहज बनाएको अनुभव सुनाउँदै, ब्याजदरको सुनिश्चितताले व्यवसायिक लगानी गर्न सजिलो हुने तर्क गरे । 

    बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का अध्यक्ष नरेश्वर पौडेलले राष्ट्रिय वाणिज्य बैंकले आर्थिक चुनौती पार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । 

    साथै, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैंकको सेवा सुधारप्रति खुसी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबीचको खाडल घटाउन बैंकले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । 

    राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम, र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाएको बताउँदै, सूचना प्रविधिसँग सेवा प्रवाहलाई जोड्ने योजना प्रस्तुत गरे ।  

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले उत्पादन, कृषि, पर्यटन, ऊर्जा, साना उद्यम र पूर्वाधार क्षेत्रमा लगानी बढाएको जानकारी गराउँदै, वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्न समुदायसँग सुमधुर सम्बन्ध राख्ने प्रयास भइरहेको उल्लेख गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार